बाढी र डुबान प्रभावितलाई राहत वितरण

बिरगंज ६ साउन, पर्सा र बारामा बाढी तथा डुबानबाट प्रभावित ३४२ परिवार
(२८०० जना) लाई पोखरेली ख्रीष्टिय समुदाय र असल छिमेकी नेपालले राहत वितरण
गरेको छ ।
पर्सामा १४७ र बारामा १९५ परिवारलाई राहत सामाग्री वितरण
गरिएको असल छिमेकी नेपालका प्रतिनिधि प्रेम घिमिरे ले जानकारी दिए । उनका
अनुसार बाराको जितपुर सिमरा, उपमहानगरपालिका वडा नं १०, नितनपुर नयाँ
बस्तीमा ४५ परिवार र वडा नं ८ रमौलीमा ८० परिवार त्यसैगरि बिरगंज
महानगरपालिका वडा नं १६ इनरवा पशुपति नगरका ४५ परिवार, भुटनदेवि टोलका १०२
परिवार साथै वडा नं २४ हरपुर गाँउका ७० परिवारलाई राहत वितरण गरिएको हो ।
पोखरेली ख्रीष्टिय समुदाय र असल छिमेकी नेपालले प्रति परिवार चामल एक बोरा
(२५ किलो), तिन किलो दाल, नून दुई प्याकेट, नुहाउने र लुगा धुने साबुन दुई
प्रति, टुथ पेस्ट २०० ग्राम, टुथ ब्रस पाँच वटा, सेनेटरी प्याड दुई
प्याकेट, व्ल्यांकेट दुई थान, झुल दुई थान, ग्यास लाइटर एक थान र त्रीपाल
एक थान राहत स्वरुप वितरण गरिएको हो ।
बाढी प्रभावितलाई थोरै भएपनि
राहत मिलोस भनेर दाताहरुबाट संकलित रकमबाट सामाग्री खरीद गरि वितरण गरिएको
असल छिमेकी नेपालका निर्देशक राजु अधिकारीले बताए । स्थानीय प्रशासन र
जनप्रतिनिधि संग समन्वय गरि बाढी प्रभावित क्षेत्रमा राहत वितरण गरिएको
उनको भनाई छ ।
सामाजिक अभयन्ता प्रकाश थारु, सम्बन्धित वडाका अध्यक्ष,
पोखरेली खीष्टिय समुदायका सल्लाहकार राम रोकाह, असल छिमेकीका बाल कृष्ण
लगायतका उपस्थितिमा राहात वितरण गरिएको पोखरेली खीष्टिय समुदायका
कोषाध्यक्ष राकेश पुनले जनाए ।
