बाँसखर्कका पर्यटकीय स्थाललाई समेटेर ‘क्या राम्रो बाँसखर्क गाउँ’ गितको म्युजिक भिडियो तयार

बाँसखर्कका पर्यटकीय स्थाललाई समेटेर ‘क्या राम्रो बाँसखर्क गाउँ’ गितको म्युजिक भिडियो तयार पारिएको हो ।

स्थानीय संस्कार, संस्कृति, वेषभूषा, प्राकृतिक सुन्दरता, धार्मिक आस्था, पुरातत्विक सम्पदालाई भिडियोमा समेटिएको छ । वडाध्यक्ष रेग्मीका अनुसार म्युजिक भिडियो हेरेपछि पर्यटक थप आकिर्षत हुने उहाँको विश्वास छ ।

‘म्युजिक भिडियो सबैले हेर्ने हो भने, गाउँमा जे छन, सबै देख्नसक्ने छन्,’ उहाँले भन्नुभयो–‘भिडियो हेरेर मन पराउने गाउँ आउँछन, भिडियोमा देखिएका दृष्यको स्थलगत अवलोकन गर्छन् ।’ https://www.facebook.com/asalsathi2/

चर्चित गायीका मेलिना राईको आवाज रहेको उक्त गीतमा बाँसखर्क निवासी गायक गोविन्द गर्बुजाको शब्द र चर्चित संगितकार जि पुनको संगित तथा संगित संयोजन रहेको गित नव वर्ष २०७६ को अवसर पारेर सार्वजनिक गरिएको हो । म्युजिक भिडियो मा नृत्य निर्दैशन सविन गुरुङको रहेको छ । उक्त म्यूजिक भिडियोलाई असल साथी टिभीले युटुब मार्फत सार्वजनिक गरेको हो । अनिल शाही र भिमराज तिमिल्सिनाले छायङ्कन गर्नुभएको छ ।

बासखर्कको सुन्तलाबारीमा छायङ्कन गरिएको गीतको भिडियोको निर्देशन अनिल शाही र दीलिप गायकले गर्नुभएको छ ।
बासखर्कको कला,संस्कृति र पहिचानलाई गीतमार्फत देशविदेशमा प्रचारप्रसार गरि पर्यटन प्रबद्र्धनमा  टेवा मिल्ने अपेक्षा गरिएको वडा अध्यक्ष तुलसीराम रेग्मीले बताउनुभयो ।